एमालेलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैनः योगेश भट्टराई

एमालेलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैनः योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूमाथि इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले गरेको आक्रमणको प्रयासको आपत्ती जनाएका छन् । 

प्रतिनिधि सभाका सांसदसमेत रहेका भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए । सोही क्रममा कालो झन्डा देखाउँदै प्रदेशको नामकरणविरूद्ध आन्दोलनरत पहिचानवादीहरूले आक्रमणको प्रयास गरेका थिए । 

त्यसपछि सांसद भट्टराईले आफूजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास कालो झन्डा देखाउनेहरुले गरेको भन्दै लोकतन्त्रको संघर्षले सार्थकता पाएको अनुभुती भएको बताएका छन् । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताउँदै उनले भनेका छन् ‘एमाले वार्ता र संवादका लागि हरबखत तयार छ । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वंयम वहाँहरुका लागि पनि लज्जाको बिषय हो ।’ 

यस्तो छ उनको स्टाटस-

मदन भण्डारी फाउण्डेसन ईलामले ७२औं मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा जाँदै गर्दा ईलामबाजारमा केहि ब्यक्तिले कालो झन्डा देखाउनु भयो ।  
कार्यक्रम ईलामको जिविस हलमा सानदार रुपले सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीका बारेमा मन्तब्य राखेको उक्त कार्यक्रममा सहभागिता मुलक छलफल पनि भएको थियो ।  
एमाले फरक बिचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वंयम  र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास वहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्समा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ ।  
हाम्रो भनाइ यही छ कि बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ ।  उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । 
एमाले वार्ता र संवादका लागि हरबखत तयार छ । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वंयम वहाँहरुका लागि पनि लज्जाको बिषय हो ।

एमाले नेता योगेश भट्टराईमाथि इलाममा आक्रमणको प्रयास 

 

Logo