मेयर बालेनले नेताहरूलाई भने ‘भारतको गुलाम’

मेयर बालेनले नेताहरूलाई भने ‘भारतको गुलाम’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेताहरूलाई पुन: ‘भारतको गुलाम’ को संज्ञा दिएका छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत् बालेनले यस्तो बताएका हुन्। उनले वर्षभरि धान रोपे भारतीय गुलाम हुनु नपर्ने पनि बताएका छन् ।

‘नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनुभो भने तपाईंहरू भारतको गुलाम हुनु पर्दैन’, बालेनले फेसबुकमा लेखेका छन्। हिजाे धान दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले किसानहरूको खेतामा गएर धान रोपेका थिए । सोही प्रसंगलाई जाेडेर बालेनकाे यस्ताे भनाइ आएकाे हाे। बालेनले नेतालक्षित कटाक्ष गर्दै आइरहेका छन्।

Skip This
Skip This
Logo