नेकपामा ओवादीका नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद र देश सञ्चालनको लागि सिस्टमको अभाव रहेकोले सिस्टम बसाल्नुपर्ने धारणा राखेका छन् ।
शनिवार ६५औं संसद स्थापना दिवसमा आयोजित कार्यक्रममा पूर्वसभामुख सापकोटाले संसदमा लामोसमय जोडिएको र आफ्नो सदन सञ्चालनको तीनवर्षको अनुभवले सिस्टम बसाल्न जरुरी रहेको कुरा जोड दिए।
उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यहाँपनि सिस्टम बसाल्नुपर्छ । र समग्रमा देशकै कुरा गर्दा पनि हामीमा कमि भएको सिस्टमको हो । सिस्टम बस्यो भने जनतापनिआफैं स्वचालित हुन्छन् । राष्ट्रिय जीवनका सबै कुराहरु स्वचालित हुन थाल्छन्, अभाव सिस्टमको हो ।’
त्यस्तै उनले संघीयता कार्यान्वयनको सवालमा उठेका विषयलाई संविधान संशोधनबाट सम्बोधनगर्न सकिने तर, संविधान संशोधनको नाममा जनताको हक अधिकारलाई खुम्च्याउन नहुने बताए । ‘संविधान संशोधन,परिमार्जन र त्यसलाई विकास गर्न सकिन्छ ।तर, एउटा कुरा म जोडदार रुपमाभन्न चाहान्छु,कि त्यो खुम्च्याउन सकिन्न,जनताका अधिकारलाई कमजोर पार्न सकिन्न, कुनै पनि सर्तमा त्यसमाथि सम्झौता गर्न सकिन्न ।’ सापकोटाले भने ।
त्यस्तै उनले संघीय सदनमा गरिने छलफलको स्तर सुधारेर संसदको असीमित अधिकारलाई सीमिततामा खुम्च्याउन नहुने भन्दै राष्ट्रियता,जनताको साझाअधिकार, संविधानले प्रत्याभूत गरेका हकअधिकार र लोकतन्त्रको सवालमा कुनै सम्झौता नगरि सदनमा गहन र निकास दिने प्रकृतिको छलफल गर्न सबैलाई आग्रह गरे ।
संसद स्वतन्त्र र दक्ष संस्था भएको बताएका पूर्वसभामुख सापकोटाले सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश संसदबाटै दिनुपर्ने र हर तरहबाट सोच गरिमायुक्त बनाएर सिङ्गो राष्ट्रको आवाजप्रति ध्वनित हुनुपर्ने उल्लेख गरे ।





























प्रतिक्रिया