काभ्रे ।
दुई जना कोरोना भाइरस सङ्क्रमित भएपछि काभ्रेको पनौती नगर पालिकाले २ र ९ नम्वर वडा शुक्रबार साँझ सिल गरेको छ ।
वडा नं २ का ४७ वर्षीय महिला र ९ मा २६ वर्षका पुरुष कोरोना सङ्क्रमित भएपछि ती वडा सिल गरिएको हो । नगरपालिका कार्यालयले समुदायमा सङ्क्रमणको उच्च जोखिम देखिएकाले सुरक्षाका मापदण्ड अपनाएर आफ्नै घरमा बस्न नगरवासीमा अनुरोध गरेको छ ।
साथै सिल गरिएको वडामा अत्यावश्यक परिस्थितिमा घर बाहिर जानुपर्ने वा आउनु पर्ने भए स्थानयीय प्रहरी, स्वास्थ्यकर्मी तथा वडाध्यक्षसँग समन्वय गर्न सार्वजनिक अपिल गरेको छ । हालसम्म काभ्रेका २० जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये सात जना उपचारपछि घर फर्किएको पोष्टले जनाएको छ ।





























प्रतिक्रिया