कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार दिउँसो धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक आह्वान गरेकाे हाे ।

बैठकले २७ असारदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । 

कांग्रेसको केन्द्रीय समितिको बैठक प्रत्येक दुई-दुई महिनामा बस्नुपर्ने विधानमा उल्लेख भएता पनि एक वर्षपछि  बैठक बस्न लागेको हो । कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो।

बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित रहेका थिए । 

Logo