नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ ।
अघिल्लो बर्ष साउनमा बैठक बसेपछि केन्द्रिय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक बर्षपछि बस्न लागेको उक्त बैठकमा यसबिचमा भएका निर्णयहरु अनुमोदन गराउने देखी भातृ संगठन सबन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नबिचार गरिने भएको छ । गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको अजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।
यसैगरी, महाधिवेसन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेसनको मिति र स्थान तय गरिने जनाइएकाे छ । साथै, संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाईएको छ ।





























प्रतिक्रिया