विदेशी मोडेलका कारण टुटेको थियो सैफ अली र अमृताको सबन्ध

विदेशी मोडेलका कारण टुटेको थियो सैफ अली र अमृताको सबन्ध

केन्द्रबिन्दु
0
Shares

अमृता सिंह र सैफ अली खानको सम्बन्ध सन् २००४ मा टुटेको थियो, जबकी सन् १९९१ मा दुवैले गोप्य विवाह गरेका थिए। यसरी दुवैको सम्बन्ध १४ वर्ष मात्र टिक्यो । 

तर, यति धेरै माया हुँदाहुँदै पनि के भयो कि दुईको सम्बन्ध नराम्रोसँग टुट्यो भन्ने अझै खुल्दुली मानिसहरुलाई लागिरहेको छ। जब तिनीहरूको सम्बन्ध विच्छेद भइरहेको थियो, तिनीहरूको मन एक अर्का प्रति घृणा र क्रोधले भरिएको थियो। उनीहरुको बीचमा आएकी एक मोडेलले उनीहरुको जिन्दगीको पुरै खेल बिगारेको बताउँदै आइएको छ, जो विदेशी मोडल रोजा थिइन्।

भनिन्छ, छोरी सारा अली खानको जन्मपछि मात्रै सैफ र अमृताको सम्बन्धमा दरार आएको थियो तर कुनै न कुनै रूपमा दुवैले यो सम्बन्ध कायम नै राखिरहेका थिए तर जब छोरा इब्राहिम अली खानको जन्म भयो तब कुराहरु क्रमशः बिग्रँदै गयो। रिपोर्टका अनुसार त्यतिबेला सैफ अली खान विदेशी मोडल रोजासँग प्रेममा परेका थिए, बिस्तारै उनीहरुको नजिक हुन थालेका थिए। त्यसपछि मिडियामा पनि यसको खबर आयो र फिल्म म्यागजिनमा उनीहरुको अफेयरको चर्चा परिचर्चासमेत हुन थाल्यो।

जब अमृतालाई यो कुरा थाहा पाइन, उनी निकै आक्रोशित भइन्। त्यतिबेला दुवैबीच ठुलै झगडासमेत भएको थियो। दुवैले केही समय दुःख पाए तर पछि एक अर्का प्रति रिसाएर अन्ततः सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगे। सन् २००४ मा अदालतले उनीहरुलाई कानुनी रुपमा नै अलग गरेको थियो। त्यतिबेला अमृताले पाँच करोड भारु पाएकी थिइन्। 

सम्बन्धविच्छेदपछि अमृताले सन्तानलाई एक्लै हुर्काएकी थिइन् भने सैफ रोजासँग लिभ इन रिलेशनशिपमा बस्न थालेका थिए तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन। चाँडै यो पनि समाप्त भयो र केही वर्षपछि सैफको जीवनमा करीना कपुर आइन्। अहिले सैफ अली करिनासँग बिबाह गरेर बसेका छन्। 

Skip This
Skip This
Logo