आफ्नो ओठबारे कपिल शर्माले उडाएकाे बिषयमा सुमोना चक्रबर्तीले मुख खोलिन्

आफ्नो ओठबारे कपिल शर्माले उडाएकाे बिषयमा सुमोना चक्रबर्तीले मुख खोलिन्

केन्द्रबिन्दु
0
Shares

द कपिल शर्मा शोमा सुमोना चक्रवर्ती पनि निकै लामो समय देखी देखिदै आएकी छन्। तर, धेरै पटक शोका होस्ट कपिल शर्माले उनको ओठको बारेमा टिप्पणी गरेको देखिएको छ,जसका कारण सुमोना चक्रवर्ती निकै अपमानित भएको महशुश गर्दै आएकी छिन्।

अहिले उनले यस विषयमा पहिलाे पटक कुरा गरेकी छिन्, सो बारेमा सुमोना चक्रवर्तीले हालै एक अन्तर्वार्ता दिने क्रममा साे धारणाा सार्बजनिक गरेकी हुन्। जसमा उनले शोमा काम गर्दा कपिल शर्माले ओठमा कमेन्ट गर्ने गरेको जानकारी दिएकी छन्। त्यसपछि उनलाई याे बिषय निकै नराम्रो लाग्दै आएकाे छ। साथै,उक्त शाे ति खराब हुन थाल्यो कि मानिसहरूले त्याे शोलाइ महिला विरोधी भएको महसुससमेत गर्न थालेका छन्। 

द कपिल शर्मा शोमा सुमोना चक्रवर्ती शोका होस्ट कपिल शर्माकी पत्नीको भूमिकामा देखिदै आएकी छिन्। सुमोनाले अहिले आफ्नो ओठको बारेमा कुरा गरेकी छिन्। उनले आफ्नो कमेन्टका कारण रातो लिपस्टिक लगाउनबाट छाडेको र निकै असुरक्षित भएको बताएकी छिन्।

सुमोना चक्रवर्तीले ह्याबिट कोचलाई अन्तर्वार्ता दिने क्रममा भनेकी छिन्, ‘एक दिन म उदास बसेकी थिएँ, अर्चना पूरन सिंह मेरो छेउमा आइन् र उनले मसँग कुरा गरिन्,  मैले भने नले मेरो अनुहार मेरो ओठ र मेरो लिपस्टिकको मजाक बनाइ रहेका हुन्छन्। जसकाकारण पटक पटक मैले मेरो लाइनहरू बिर्सिन खोजे झै हुन्छ तर म बिर्सन्न। उसले बिर्सन्छ,तर उसले जे पनि भन्छ। म स्ट्यान्ड अप कमेडियन होइन। म उहाँजस्तो तुरुन्तै जोक बनाउन सक्दिन। यदि मैले जोक क्र्याक गरें भने सायद कसैले बुझ्दैन।’

Skip This
Skip This
Logo