काठमाडौं ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पर्शुराम कुवँर क्षेत्रीले राजीनामा दिएका छन् । स्वास्थ्यका कारण देखाउँदै सिइओ क्षेत्रीले राजीनामा दिएका हुन् । उनको राजीनामा साउन १ गतेदेखि लागू हुनेछ ।
‘स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई वैकको प्रमुख कार्यकारी अधिकृत पदवाट मैले पेश गरेको राजीनामा बैंकको संचालक समितिले ०७७ साउन १ गतेबाट लागू हुने गरि स्वीकृत गरेको छ ।’ सिइओ क्षेत्रीले फेसबुकमा लेखेका छन् ।
बैंकमा बिहान नौ बजेटदेखि बेलुका ६ बजेसम्म काम गर्नुपर्छ । आफ्नो उमेर ढल्किँदै गएको र स्वास्थ्यले पनि साथ नदिएका कारण कुर्सीमा टाँसिएर बस्न मन नलागेकाले आफूले राजीनामा दिएको उनले बताएका छन् ।





























प्रतिक्रिया