सिन्धुपाल्चोक ।
गएरातिको अविरल बर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा दर्जनौं घर बगाएको छ।
जिल्लाको बाह्रबिसे नगरपालिका र आसपासका क्षेत्रमा आएको बाढीका कारण दर्जनौं घर बगाएको र थुप्रै मानविय क्षति भएको आशंका गरिएको छ । यद्यपी थप जानकारी आउन बाँकी छ ।
अरनिको राजमार्गको जम्बु र खागदल बजारमा बाढी पसेको छ । यहाँको पक्की पुल नै बाढीले बगाएको छ ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी घटनास्थलतर्फ गएको छ । थप विवरण आउन बाँकी छ ।
तस्वीर : क्रान्ति लामा





























प्रतिक्रिया