सोसल ब्लगिङ साइट ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको छ। उसले निलो चराको स्थानमा अंग्रेजी अक्षर ‘एक्स’ राखेको छ । सोमबार बिहान ट्विटरका कार्यकारी प्रमुख लिन्डा याकारिनोले नयाँ लोगो सार्वजनिक गर्दै भनेका छन्, ‘एक्स इज हियर, लेट्स डु दिस ।’
ट्विटरको स्वामित्व आफ्नो हातमा आएपछि अमेरिकी अर्बपति एलन मस्कले लोगो परिवर्तन गर्ने आश्वासन दिएका थिए । उनले यसअघि निलो चराको स्थानमा कुकुरलाई आफ्नो लोगो राखेका थिए । निलो चरा देखेका प्रयोगकर्ताले कुकुर लोगो बनाइएपछि अचम्म मानेका थिए भने आलाेचना पनि भएकाे थियाे । त्यसपछि पुनः चरालाई स्थान दिएका थिए ।
अहिले पनि ट्विटरको नयाँ लोगोले प्रयोगकर्ताहरुको राम्रो रेस्पोन्स भने पाइरहेको छैन ।
मस्कले गत अक्टुबरमा ट्विटर किनेका थिए। यसपछि उनले एकपछि अर्को परिवर्तन गर्दै आइरहेका छन्। सर्वप्रथम उनले निलो टिकको लागि शुल्क लिने घोषणा गरेका थिए। उनले कर्मचारी कटौती पनि गरेका थिए, जसमा सीईओ भारतीय मूलका पराग अग्रवाल पनि समावेश थिए।































प्रतिक्रिया