ट्वीटरको नयाँ डोमेन पोर्नोग्राफीसँग जोडिएको आरोप, इन्डोनेसियाले लगायो प्रतिबन्ध

ट्वीटरको नयाँ डोमेन पोर्नोग्राफीसँग जोडिएको आरोप, इन्डोनेसियाले लगायो प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरलाई इन्डोनेसियाले प्रतिबन्ध लगाएको छ । हालै ट्वीटरको वेबसाइटलाई परिवर्तन गरेर ‘एक्स डटकम’ बनाएसँगै इन्डोनेसियाले प्रतिबन्ध लगाएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार पोर्नोग्राफी र ग्याम्बलिङको नाममा वेबसाइट ठेगाना आएको भन्दै इन्डोनेसियाले ट्वीटरको नयाँ डोमेन प्रतिबन्ध लगाएको हो । उक्त डोमेनले पहिले पोर्न साइटको रूपमा रहेका वेबसाइटको झल्को दिएको आरोप छ । 

ट्विटरको स्वामित्व आफ्नो हातमा आएपछि अमेरिकी अर्बपति एलन मस्कले लोगो परिवर्तन गर्ने आश्वासन दिएका थिए । उनले यसअघि निलो चराको स्थानमा कुकुरलाई आफ्नो लोगो राखेका थिए । निलो चरा देखेका प्रयोगकर्ताले कुकुर लोगो बनाइएपछि अचम्म मानेका थिए भने आलोचना पनि भएको थियो । त्यसपछि पुनः चरालाई स्थान दिएका थिए । 

केहीदिनअघि मात्रै उनले निलो चराको स्थानमा अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन् । ट्विटरको नयाँ लोगोले प्रयोगकर्ताहरुको राम्रो रेस्पोन्स भने पाइरहेको छैन । उनले अन्तरिक्ष कम्पनीको नाम पनि स्पेस एक्स नै राखेका छन् । त्यसकारण पनि एक्स उनको लागि खास नाम मानिन्छ । 

Logo