काठमाडौं । तत्कालीन संघीय समाजवादी पार्टीकी समानुपातिक सांसद सरिता गिरीलाई कारवाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ । मंगलबार कार्यदलले पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारवाहीका लागि सिफारिस गरेकाे हो ।
सरकारले गत जेठ ७ मा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । सोही नक्सालाई संवैधानिक अंग बनाउन जेठ ३१ मा नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिवर्तन गर्न मतदान गरिएको थियो । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि सांसद गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी थिइन ।
पार्टीले उक्त विधेयक फिर्तालिन ह्वपी जारी गरेपनि संशोधन प्रस्ताव फिर्ता नलिइ संविधान संशोधनका लागि गरिएको मतदान सांसद गिरीले बहिस्कार गरेकी थिइन् । संसदीय दल सम्बन्धी कानुनी व्यवस्थामा संसदीय दलका सचेतकले जारी गरेको ह्वीप उल्लंघन गर्नेको पद खारेज हुने व्यवस्था छ ।





























प्रतिक्रिया