सन्नी देओलको ‘गदर २’ को ४० करोडको ओपनिङ

सन्नी देओलको ‘गदर २’ को ४० करोडको ओपनिङ

केन्द्रबिन्दु
0
Shares

सन्नी देओलको ‘गदर २’ ले पहिलो दिनमै धमाका मच्चाएको छ। हिजाे अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ।

गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन्। अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ। 

फिल्मलाइ दर्शकहरूले अत्याधिक रूचाए पछि सलमान खानले पनि साे चलचित्रकाे तारिफ गर्न छोडेनन्। उनले सामाजिक सञ्जालमा गदर २ को बारेमा पोस्ट गरेका छन्। ‘गदर २’ को पोस्टर सेयर गर्दै सलमान खानले लेखेका छन्,‘ढाई किलो का हात ४० करोडको ओपनिङ बराबर। सन्नी पाजी गजब।’ ‘गदर २’ को सम्पूर्ण टिमलाई बधाई छ।

फिल्म ‘गदर २’ को बारेमा कुरा गर्दा रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४० देखि ४५ करोड सम्मको कमाई गरेको छ। पहिलो दिन मै फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ। तर, फिल्मले पहिलो दिन कति कमाइ गरेको छ भन्ने आधिकारिक तथ्यांक भने सार्वजनिक गरिएको छैन।

फिल्मको स्टारकास्टको कुरा गर्दा सन्नी देओल बाहेक यसमा अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर र मनिष वाधवा जस्ता कलाकार छन्। यो सन्नी देओल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो। गदर सर्वकालीन ब्लकबस्टर बनेको छ।

Skip This
Skip This
Logo