अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा राम्रो काम भइरहेको बेलामा नकारात्मक कुरा हावी भएको गुनासो गरेका छन्।
मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेको कार्यहरुमा सबै सकारात्मक बनेर लाग्नुपर्ने बताएका हुन्।
उनले भने,‘यो देशमा यसै पनि नकारात्मक कुराहरु लोकप्रिय हुन्छ। गम्भीर काम भइरहेको छ, सिरियस कुरा भइरहेको छ। त्यसलाई सकारात्मक भएर अगाडि ल्याउनुपर्छ।’
अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भइरहको र सबैले सकारात्मक बनेर अघि बढ्नुपर्ने बताए। टयाक्सको बाटोमा नआएकाहरुलाई ट्रयाकमा ल्याउनुपर्ने कार्यमा सरकारले प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने पनि उनको भनाइ छ।





























प्रतिक्रिया