व्यक्तिगत स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न उपसभामुख रानाको आग्रह

व्यक्तिगत स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न उपसभामुख रानाको आग्रह

केन्द्रबिन्दु
0
Shares

उपसभामुख ईन्दिरा राना मगरले पत्रकारहरुलाई व्यक्तिगत र राजनीतिक स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न आग्रह गरेकी छिन् । 

बुधबार काठमाडौमा आयोजित एक कार्यक्रममा उपसभामुख रानामगरले व्यक्तिगत र पार्टीगतको स्वार्थको लागि जनतालाई गुमराहमा राख्नु गलत भएको त्यसबाट माथि उठेर पत्रकारिता गर्न आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘हरेक पत्रकारले तटष्ठ रहेर जनताको सामु सत्य कुरा ल्याईदिने र जनतालाई जनचेतना फैलाउने खालको पत्रकारितामा कलम चलाउनुपर्छ । जनतालाई गुमराह राखेर होेईन व्यत्तिगत स्वार्थको लागि कुनै पार्टीको स्वार्थको लागि जनतालाई गुमराहमा राख्नु गलत हो ।’

उपसभामुख रानाले देशमा प्रतिनिसभा बाहेकको अर्को सदन मिडिया भएको दाबी गर्दै सुशासन,पारदर्शीता र जवाफदेहितामा ध्यान दिनु पर्ने टिप्पणी गरिन् । उनले भनिन्,‘हाम्रो देशको एउटा सदन प्रतिनिधि सभा हो भने अर्को सदन मिडिया हो पत्रकार हुन् । सुशासनको अर्को नाम हो पत्रकारिता सुशासन पारदर्शीता जवाफदेहिता जस्ता हरेक कुरा पर्छन् यसमा ध्यान दिनुपर्छ ।’

उनले राजनीतिमा पहिलेदेखि जरा गाडेर बसेका कुसंस्कारहरुलाई तोड्न कठिन रहेको बताइन् । उपसभामुख मगरले महिला दिदी बहिनीहरुलाई राजनीतिमा, राट्रिय योजनामा र राष्ट्रिय बजेटमा चासो राख्न अनुरोध गरिन् । 

Logo