छुट्टै ऐन नल्याएसम्म सहकारी क्षेत्रमाथि उठ्न सक्दैन्ः अध्यक्ष पौडेल

छुट्टै ऐन नल्याएसम्म सहकारी क्षेत्रमाथि उठ्न सक्दैन्ः अध्यक्ष पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेलले नेपालमावित्तीय सहकारीको लागिछुट्टै ऐन ल्याउनुपर्ने बताएका छन् । 

बिहीवार काठमाडौंमा नेफ्स्कुनको ३६औं बार्षिकोत्सव समारोहमा पौडेलले नेपालको सहकारीको हालको अवस्थालाई सम्बोधन गर्न वित्तीय सहकारीलाई छुट्टै ऐनमार्फत सम्बोधन नगरेसम्म नेपालको सहकारीअभियानको विकास हुननसक्ने धारणा राखे । 

उनले भने,‘वित्तीय सहकारीको छुट्टै ऐन नआइकन नेपालको सहकारी अभियानले गति लिन सक्दैन् । वित्तीय सहकारीको छुट्टै ऐन आउन जरुरी छ ।’

अध्यक्ष पौडेलले सबैलाई एउटै ऐनमा समेटेर भन्दा सहकारीको प्रकृतिको आधारमा कानूनी सम्बोधन गर्न जरुरी भएको पनि बताए । ‘उत्पादन र सेवामा जोडिएका सहकारीहरु र वित्तीय सहकारीको बिचमाभिन्न ढंगले उपचार र सम्बोधन गर्न जरुरी छ,त्यो भयो भने मात्रै हामी अगाडि बढ्न सक्छौँ,’ उनले भने। 

अध्यक्ष पौडेलले वित्तीय क्षेत्रको निगरानी र अनुगमनलाई प्रभावकारी बनाउन आवद्धता र निष्कासन अभियानलाई दिनुपर्ने चुनौती सहकारीको वित्तीय क्षेत्रमा रहेको उल्लेख गरे । उनले हाल सहकारी क्षेत्रको परिस्थिति र मनस्थितिले दुवै कमजोर बनेको र सहकारी क्षेत्रलाई फेरि उठाउने भन्दै त्यसका लागि आन्तरिक रणनीति र कानूनी संहिताको कडा रुपमा पालना गर्नुपर्ने बताए ।

Logo