आइतबारदेखि संसदको अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

आइतबारदेखि संसदको अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन्।

शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ले पहल भइरहेको भन्दै आइतबारदेखि अवरोध हट्ने बताएका हुन्।

संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने बताए। आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुने उनको भनाइ छ।

‘हामीले निरन्तर पहल गर्दै आएका छौँ हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनुभयो र उहाँसँग कुरा भएको छ। आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौं । आशा छ भोलि सदन खुल्छ,’ उनले भने।

Logo