नेकपा माओवादी केन्द्रका नेताले लेखनाथ दाहालले संसद सूचारु गर्न सभामुखको तर्फबाट कुनै पनि प्रयास नभएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठक स्थगित भएपछि पत्रकारहरुसँग बोल्दै सांसद दाहालले सरकारको तर्फबाट संसदलाई प्रर्याप्त प्राथमिकता दिएको तर संसदको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका कमजोर देखिएको कारण संसद निरन्तर अवरुद्ध भएको बताएका हुन् ।
उनले भने, ‘प्रतिनिधिसभाको कमान्डर सभामुख हो, संसदीय मर्यादाभित्र बसेर प्रतिनिधिसभाको मातहतमा बसेर सभामुखको संसद सञ्चालन गर्न जसरी पहल कदमी गर्नुपर्ने थियो, त्यो सचेत पहलको अभाव कै कारण संसद सूचारु हुन सक्या छैन । सरकारको तर्फबाट संसदलाई प्राथमिकता प्रर्याप्त दिएको छ, संसदको तर्फबाट निर्वाह गनुपर्ने भूमिका कमजोर देखियो, त्यसकारण संसद निरन्तर प्रमुख प्रतिपक्ष दल एमालेको भूमिका संसदमा रहेर संसद अवरुद्ध छ ।’
सांसद दाहालले कसैको लहरमा छानविन समिति बन्न नसक्ने भन्दै सिआईवीले गर्दै आएको अनुसन्धानबाट केही उपलब्धी निस्किएन भने उच्चस्तरीय छानविन समिति बनाउनेबारे सोच्न सकिने बताए ।





























प्रतिक्रिया