संसद खुलाउन आज पनि सर्वदलीय बैठक बस्दै

संसद खुलाउन आज पनि सर्वदलीय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसकेपछि आजपनि बैठक बोलाइएको हो। बैठक दिउँसो ४ बजे बस्नेछ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ। तर, सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ। सरकार र प्रतिपक्षी दुवै दल आ-आफ्ना अडानमा कायमै राखेपछि साउन १२ गते देखी संसद चल्न सकेको छैन।   

यसबिचमा सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखी प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरेपनि अझै निष्कर्ष निस्कन सकेको छैन। यद्धपी,सहमतिका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले समय माग गरेपछि हिजोको बैठक स्थगित गरी साउन ६ गते प्रतिनिधिसभा बैठक बोलाइएको छ।  

Logo