सदनमा एक जना पनि मन्त्री उपस्थित नभएपछि…

सदनमा एक जना पनि मन्त्री उपस्थित नभएपछि…

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा सरकारको उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ । 

बिहीवारकाे बैठकमा एमाले सांसद सुर्य थापाले २५ जनाको मन्त्री मण्डलका एक जना सदस्य समेत  सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका हुन् । उनले सरकार हराएको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘यो सरकार हरायो सभामुख महोदय सरकारको खोजि गरि पाउँ, मन्त्रीहरु बेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन । प्रधानमन्त्री र २५ जना मन्त्रीहरु मध्य १ जाना पनि यहाँ हुनुहुन्न । यो घनघोर अन्याय हो । यो सदनको अपमान हो ।’

सदनमा १ जना पनि मन्त्री नहुनु सदनको अपमान भएको उनको भनाई छ । 

Logo