बढेको पारिश्रमिक लागू गर्न सरकारसंग सांसद अर्यालको माग

बढेको पारिश्रमिक लागू गर्न सरकारसंग सांसद अर्यालको माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय  स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रमिकहरुको निम्ती बढाएको पारिश्रमिक लागू गर्नका सरकारसंग माग गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले केही व्यवसायीहरुले पारिश्रमिक गर्दा औद्योगिक भार पर्ने भन्दै त्यसको कार्यान्वयनलाई वेवास्ता गरेको भन्दै बढेको ज्यालादर लागू गर्ने वातावरण निर्माण गर्न सरकारसंग माग गरेका छन् । 

उनले भने ‘श्रमिकको न्यूनतम १७ हजार तीन सय निर्धारण गरीएको छ तर औधोगीक भार पर्ने जस्ता अभिव्यक्ति आइराखेका छन् । बढेको पारिश्रमिक पनि लागु गर्न सकिएन भने पक्कै पनि राम्रो सन्देश जाँदैन् । उद्योग व्यवसाय प्रवद्र्धन गर्नु र श्रमिकको हक हितमा काम गर्नु सरकारको दायीत्व हो । त्यसैले उद्योगी व्यवसायले बढेको पारिश्रमिक खुसी खुसी लागु गर्ने वातावरण सरकारले तयार गरीदिनुपर्छ ।’

सरकारले साउन ३२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै पारिश्रमिक बढाएर न्यूनतम १७ हजार तीन सय निर्धारण गरेको थियो । 

Logo