मधेशप्रति अन्याय हुने महशुस भएर उम्मेदवारी फिर्ता लिँएः सांसद पराजुली

मधेशप्रति अन्याय हुने महशुस भएर उम्मेदवारी फिर्ता लिँएः सांसद पराजुली

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मधेशीप्रति अन्याय हुन सक्छ भन्ने महशुस भएर आफूले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको सभापतिको उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
 
सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिएर सांसद पराजुलीले जनमत पार्टीका सांसद अब्दुल खानलाई निर्विरोध गराए रपछि उनले मधेशी र सिमान्तकृत जनताप्रपति अन्याय हुन सक्ने महशुस भएर न्यायका लागि खानलाई निर्विरोध गराएको बताएका हुन् ।

उनले भने,‘हामीले निर्वाचनमा लड्दै गर्दा मदेशी जनताप्रति सिमान्तकृत जनताप्रति र तराई बासिप्रति मुस्लिम समुदायप्रति र अल्पङख्यकप्रति अन्याय हुन सक्छ भन्ने हामीले महशुस ग-यौं र देशका प्रत्येक सिमान्तकृत वर्ग हाम्रो लागि त्यत्तिनै महत्वपूर्ण छ । सम्मान गछौं हातेमालो गछौं भन्ने सन्देश जाओस् भनेर सर्वसम्मत निर्वाचित गराएका हौं ।’ 

उनले आफ्नो उम्मेद्वारी तराई मधेशको भरोसा बोकेर आएको जनमत पार्टीसँग नभएको भन्दै निर्वाचनलाई चलायमान बनाउन आफूहरुले उम्मेदवारी दिएको बताए । 

Logo