नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले राम्रो काम गर्दा गर्दै पनि अलोचना भएको बताएका छन्।
माओवादी केन्द्रको उपत्यका विशेष समितिले मंगलबार काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव पुनले अरु पार्टीले जे गरेपनि आलोचना नहुने तर माओवादीले राम्रो काम गर्दा पनिविरोध भएको गुनासो गरेका हुन्।
‘काँग्रेस,एमालेवा अरु कुनै पार्टीले केही सानो काम गर्यो भने पनिचर्चा हुन्छ। ठूला गल्ती हुँदा पनि प्रश्न उठ्दैन,’उनले भने,‘हामीले राम्रो कामगर्दा पनि आलोचना हुन्छ। हाम्रो नेता,हामी र हाम्रा कार्यकर्ताले त्यही काम गर्यो भने मान्छे बाट नकारात्मक टिप्पणी र अलोचना हुन्छ।’
माओवादीले अझै काम गर्नुपर्छ भन्ने जनाताको अपेक्षारहेको बताउँदै पुनले भने,‘आफूहरू चुकेका ठाउँमा राजनीतिक अतिवाद देखा परेको र माओवादीले लिएको एजेण्डामा देश चलेको छ। हामी दृढता पूर्वक जनताको पक्षमा काम गर्नुपर्छ।’





























प्रतिक्रिया