सरकारले निजी क्षेत्रको सुझाव नसुनेको अध्यक्ष ढकालको गुनासो

सरकारले निजी क्षेत्रको सुझाव नसुनेको अध्यक्ष ढकालको गुनासो

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको सुझावलाई वेवास्ता गरेको गुनासो गरेका छन् । 

शनिबार आर्थिक पत्रकार समाज सेजनको २५औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले दिएको सुझावलाई व्यवास्ता गर्दा आर्थिक क्षेत्रमा सुधार हुन नसकेको दाबी गरे । अहिले देशमा राजस्वको कमीले सरकारी साधारण खर्च पनि धान्न नसक्ने अवस्था रहेको भन्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई व्यवास्ता गर्दा यस्तो अवस्था आएको जिकिर गरे । 

अध्यक्ष ढकालले भने, ‘अहिले राजस्वको कमिले सरकारी साधारण खर्च पनि धान्न नसक्ने बीचमा जुन उचाई भयो । त्यो चाँहि कताकता हामीले दिएको सुझाव व्यवास्ता गरेको कारणले हो भन्ने राख्न चाहान्छु ।’

उनले राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम सफल भएता पनि राज्यको तर्फबाट राम्रो नतिजा नआउँने भएकोले सहकार्यको आवश्यकता औंल्याए । उनले भने, ‘राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा पनि यो अवस्था आएको हो भन्ने लाग्छ  । सरोकारवाला निकाय यो मेरो जिम्मेवारी होईन भन्ने भन्दा पनि सबै जोडिएर जान सकिएन भने, कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम त सफल होला । तर राज्यको तर्फबाट आउँनु पर्ने रिजल्ट आउँदैन ।’ 

Logo