अष्ट्रेलिया पठाइदिन्छु भन्दै २० लाख ठगी गर्ने महिला पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भन्दै २० लाख ठगी गर्ने महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलिया पठाई दिन्छु भन्दै  रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भक्तपुरकाे मध्यपुर ठिमि नगरपालिका ४ स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका २६ सामाखुशी बस्ने ५० वर्षिय रत्न केशरी श्रेष्ठलाई २० लाख ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ। श्रेष्ठलाई खोजतलास गर्ने क्रममा सामाखुशी बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग,ताहाचल पठाइएको छ । 

Logo