नेम्वाङको निधनले मर्माहत भएको छुः प्रधानमन्त्री प्रचण्ड

नेम्वाङको निधनले मर्माहत भएको छुः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन्।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन्। उनले भनेका छन्,‘दिवङ्गत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।’

गए राति १ बजे हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल लगिएका नेम्वाङलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

Logo