नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेपाली राजनीतिमा सुवास नेम्वाङको महसुस आजैबाट सुरु भएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शोक पारित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सांसद बर्तौलाले नेपालको राजनीतिले यो क्षतिपूर्ति गर्नको लागि निकै लामो समय कुर्नुपर्ने बताएका हुन् । ‘नेपाली राजनीतिमा उहाँको महशुस आजैबाट सुरु भइसक्यो’ उनले भने, ‘नेपालको यो क्षतिपूर्ति गर्नको लागि निकै लामो समय कुर्नुपर्छ ।’
सिंगो देशले निकै ठूलो अभाव महसुस गर्ने सांसद बर्तौलाको भनाई छ । उनले युवा पुस्ताका लागि नेम्वाङ विश्वविद्यालयसरह भएको बताए ।





























प्रतिक्रिया