तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० भदौ ३१ गते  आइतबार। १७ सेप्टेमबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज विशिष्ट व्यक्तिको साथ पाइनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। शेयर बजारको कारोबार हुनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आँटेको र ताकेको कार्य पुरा होला। आर्जनका क्षेत्रमा सुधार आउनेछ।धार्मिक कार्यमा रुचि बढ्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
निर्णायक क्षमतामा कमी आउनेछ। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ। पुनर्मिलनको योग पनि रहेको छ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभ समाचार पनि सुन्न पाइएला।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। घरायसी विवाद समेत बढ्ला।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज न्यायिक कार्यमा सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। नयाँ कार्य वा रोजगार पाइनेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज मान प्रतिष्ठामा वृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नयाँ कामको थालनी होला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता पाइएला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ। गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन्, हरेक कार्यमा सतर्क हुनु नै उपयुक्त होला।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बोलीको प्रभाव बढ्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पढाइ लेखाइमा प्रगति पनि हुनेछ।

Skip This
Skip This
Logo