काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँ घटेको छ ।
सुन आज प्रतितोला ९१ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९१ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।





























प्रतिक्रिया