तीनकुने सामूहिक हत्या प्रकरणः सिसिटिभी फुटेजमा देखिएका युवक पक्राउ

तीनकुने सामूहिक हत्या प्रकरणः सिसिटिभी फुटेजमा देखिएका युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको  हो। पक्राउ पर्नेको परिचय प्रहरीले गोप्य राखेको छ।   

तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको थियो । टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो ।

सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको हाे ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थियाे । राई मृतक नविनका साथी रहेको प्रारम्भिकरुपमा खुल्न आएको प्रहरीले जनाएको छ। उनी शरीरमा रगत लागेको अवस्थामा ट्याक्सी चढेर आफैँ प्रहरीमा पुगेका थिए ।  हत्याको यकिन कारण अझै पत्ता लाग्न सकेको छैन।

Logo