भारतलाई प्रधानमन्त्री ओलीको चेतावनी, “नेपालको राष्ट्रियता त्यति कमजोर छैन”

भारतलाई प्रधानमन्त्री ओलीको चेतावनी, “नेपालको राष्ट्रियता त्यति कमजोर छैन”

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय मिडिया, बुद्धिजीवी र राज्यसंयन्त्र लागेको बताएका हुन् । भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ, ओलीले भने, ‘यसका लागि होटेलमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’

जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आज बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउने दौडधुप भइरहेको दाबी गरे ।

जसले जति प्रयास गरे पनि प्रधानमन्त्रीलाई हटाउन सजिलो भने नभएको उनले स्पष्ट पारे । ‘प्रधानमन्त्रीलाई कसैले हटाउन खोजेको छ भने त्यो कसैले पनि नसोचे हुन्छ, नेपालको राष्ट्रियता त्यति कमजोर छैन, जसको पक्षमा कदम चाल्दा प्रधानमन्त्रीकै पद गुमोस्।’

ओलीले आफूलाई पदमा बसिरहने मन नभएको तर राष्ट्रका लागि अनिवार्य भएको पनि बताए । म आफ्नो लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि प्रधानमन्त्री भएको उनको भनाइ थियो ।

Logo