भारतका कप्तान रुतुराज आउट

भारतका कप्तान रुतुराज आउट

केन्द्रबिन्दु
0
Shares

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको पहिलो विकेट लिएको छ। ९‍‍.५ ओभरमा नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन्। 

ऐरीले गाइकवाडलाई २५ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका हुन्। गाइकवाड भारतीय टोलीका कप्तान पनि हुन्। पहिलो विकेट गुमाउँदा भारतले एक सय तीन रन बनाएको छ।

Logo