प्रचण्ड-ओलीबीच भेटवार्ताः कोशी सरकारलाई ‘विश्वासको मत’ दिन आग्रह

प्रचण्ड-ओलीबीच भेटवार्ताः कोशी सरकारलाई ‘विश्वासको मत’ दिन आग्रह

केन्द्रबिन्दु
0
Shares

९ महिनामा चार वटा सरकारको परीक्षण भइसकेको कोशी प्रदेश सरकारलाई विश्वासको मत दिन आग्रह गर्दै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। 

आज सिंहरदबारमा भएको छलफलमा कोशीमा हिक्मतलाई मतदान गरेर राजनीतिलाई अगाडि बढाउने अध्यक्ष ओलीले प्रचण्डलाई आग्रह गरेको बुझिएको छ। आज एमाले प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै छन्। 

छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शिक्षा विधेयकलाई सहमतिमा पारित गराउन ओलीले प्रचण्डलाई सुझाव दिएका थिए।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिंदैछन् । जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

यसअघि पनि मुख्यमन्त्री भएका कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिएपछि उनले विश्वासको मत पाउन सकेका थिएनन, जसका कारण उनी बाहिरिनु परेको थियो । त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुई-दुई पटक लिएको मुख्यमन्त्रीकाे नियुक्ती सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न परमादेश दिएको थियो । उक्त आदेशवाट पुनः मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन् ।   

Skip This
Skip This
Logo