नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यवाद दिएका छन्। प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच जारी युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काएपछि एमाले अध्यक्ष ओलीले धन्यवाद दिएका हुन्।
‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ,’ ओलीले भनेका छन्, ‘नेपाली विद्यार्थीलाई काठमाडौँ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद।’ परराष्ट्रमन्त्री एनपी साउद आफैं गएर गए राती २ सय ५४ जना विद्यार्थीलाई स्वदेश ल्याएका थिए।





























प्रतिक्रिया