कोशीमा कार्कीको समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन कांग्रेसको अनुरोध

कोशीमा कार्कीको समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन कांग्रेसको अनुरोध

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीको समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ । 

आज विराटनगरमा बसेको समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ जना सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो । कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोधसमेत गरेको छ ।

पार्टीको केन्द्रीय स्तरबाट थप केही निर्देशन आए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरिएको जनाइएको छ ।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीले एमालेसहितको सहयोगमा कांग्रेसका ८ जना सभासदहरुको समर्थनमा हिजो दाबी पेस गरेका थिए । यसैगरी मुख्यमन्त्रीका लागि कांग्रेससहित गठबन्धन दलहरुले माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई समर्थन गरेपछि उनले पनि दाबी पेस गरेका छन् ।

पार्टीको उक्त निर्णयबाट असन्तुष्ट बनेको कांग्रेसको शेखर कोइराला पक्षले कार्कीलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेको हो । पार्टीले गठबन्धन दलका एकजनालाई समर्थन गर्ने अनि प्रदेश स्तरमा आफ्नै नेताले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसमा विवाद चुलिएको छ ।

Logo