देशमा केही हुँदैन भन्ने मनोविज्ञान हटाउनुपर्छ -विश्वप्रकाश शर्मा

देशमा केही हुँदैन भन्ने मनोविज्ञान हटाउनुपर्छ -विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एकआपसमा आलोचना गर्दै साथ दिँदै यो देशलाई समृद्ध बनाउनुपर्ने बताएका छन् । 

आज काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा महामन्त्री शर्माले हामी सबै दलहरु मिलेर साझा रुपमा लोकतान्त्रिक प्रणालीबाट यो देशलाई बनाउनु पर्ने भन्दै देशमा केही हुँदैन भन्ने मनोविज्ञान हटाउनुपर्ने बताएका हुन् । 

उनले भने, ‘देशमा केही हुँदैन भन्ने मनोविज्ञान हटाउनुपर्छ, यो देश राम्रो भएको छ । त्यसको जिम्मा हामी सबैले साझा रुपमा लिनुपर्छ । केही भएको छ, धेरै गर्न बाँकी छ, धेरै बनाउन बाँकी छ बनाउने हो यही लोकतान्त्रिक प्रणालीबाट बनाउने हो हामीले बनाउने हो । एकआपसमा आलोचना गर्दै, साथ दिदैँ यो देश बनाउने हो, बनाउन सकिन्छ ।’  

यस्तै, महामन्त्री शर्माले हामीलाई वीर गोरखाली, कहिल नहार्ने भनेर जुन पढ्दै आएका छौं त्यो गलत भएको भन्दै पछिल्लो पुस्तालाई देशले हारेको थियो जित्न बाँकी छ भनेर सिकाउनुपर्ने बताए । 

उनले भने, ‘हामीलाई वीर गोरखाली, कहिल नहार्ने भनेर जुन पढाउँने गरिन्छ । त्यो गलत हो हामी हारेका हौ । दारजलिङ्, टिस्टासम्म हाम्रो थियो । हामीले के सोच्यौ भने हामीले दुनियाँसँग जितिसकेका छौ अब आफ्नोसँग मात्रै जित्न आवश्यक छ । तर हामीले जित्न बाँकी छ, पछिल्लो पुस्तालाई यो देशले हारेको थियो । भनेर सिकाउनुपर्छ ।’ 

Logo