नवजात शिशुको हत्या प्रयासको आरोपमा आमा पक्राउ

नवजात शिशुको हत्या प्रयासको आरोपमा आमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी छन्। दाङको लमहीमा १६ दिने आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी हुन्। 

लमही नगरपालिका-७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधबार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरीले जानकारी दिए।

तरकारी काट्ने चक्कुले घर पछाडि लगेर छोरीको घाँटी रेटी रहेको अवस्थामा आफन्तले देखेपछि नवजात शिशुको हत्या हुनबाट जोगाएका थिए।

१६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदैछ। शिशुको अवस्था गम्भीर रहेको  प्रहरीले बताएका छन्। 

Skip This
Skip This
Logo