जनकपुरको धान खेतमा एक युवक मृत फेला, हत्याको आशंका

जनकपुरको धान खेतमा एक युवक मृत फेला, हत्याको आशंका

केन्द्रबिन्दु
0
Shares

जनकपुरको धान खेतमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मृतकको मुखमा रगत देखिएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त डग टोलि ल्याउन लागिएको डिएसपी अवाले बताए । 

घटनास्थलको प्रकृतिले युवकको हत्या भएको आशंका गरिएको छ । मृतक युवकको पहिचान खुल्न सकेको छैन ।

Logo