जाजरकोट भूकम्पः मृतक १ सय ५७ जनाको शव परिवारलाई बुझाइयो

जाजरकोट भूकम्पः मृतक १ सय ५७ जनाको शव परिवारलाई बुझाइयो

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरू उपचारपछि घर फर्कन थालेका बताए। प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ।

जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन्।  भूकम्पमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने एक सय १० जना उपचाररत छन्।

नौ सय १० घर पूर्ण क्षति

यसैबीच, प्रहरी प्रधान कार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छ भने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ।

Skip This
Skip This
Logo