पाकिस्तान क्रिकेट टिमले नेदरल्याण्ड्स भ्रमण नगर्ने

पाकिस्तान क्रिकेट टिमले नेदरल्याण्ड्स भ्रमण नगर्ने

केन्द्रबिन्दु
0
Shares

सन् २०२३ को विश्वकपमा पाकिस्तानी क्रिकेट टोलीको प्रदर्शन खराब रह्यो। पाकिस्तानले विश्वकपमा ९ खेल खेल्दा ४ खेलमामात्रै जीत निकालेपछि नकआउट चरणमा स्थान बनाउन असफल रह्यो।

विश्वकप पछि पाकिस्तानी टोलीका खेलाडीमा निकै परिवर्तन आएको छ। बाबर आजमले कप्तानी छाडेपछि नयाँ कप्तान नियुक्त भएका छन्। अहिलेलाई पाकिस्तानले टेस्ट र टी- २० गरी २ जना कप्तान नियुक्त गरेको छ। अब पाकिस्तानले अस्ट्रेलियाविरुद्धको टेष्ट सिरिजका लागि तयारी सुरु गरिसकेको छ।

अस्ट्रेलियामा हुने टेस्ट सिरिजको तयारीमा रहेको पाकिस्तानी क्रिकेट टिमले सन् २०२४ मा, नेदरल्याण्ड्स विरुद्ध टी-२० सिरिजका लागि भ्रमण गर्ने तालिका तय गरिएको थियो। तर, पाकिस्तान क्रिकेट बोर्डले अहिलेलाई नेदरल्याण्ड्सविरुद्धको टी-२० सिरिज स्थगित गरेको बताइए पनि यसबारे आधिकारिक रुपमा कुनै पुष्टि भने गरेको छैन।

पाकिस्तानी टोलीले अर्को वर्ष मे महिनामा नेदरल्यान्ड्स विरुद्धको टी-२० सिरिजका लागि भ्रमण गर्ने थियो। हाल पाकिस्तान क्रिकेट बोर्डले बेस्ट सेड्युलका कारणले भ्रमण स्थगित गरेको जनाएको छ। नेदरल्याण्ड्स क्रिकेट टिमले भारतमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई अब्बल सावित गरेको छ।

Logo