काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाको सचिवालय बैठकले नेपालमा विदेशबाट विवाह गरेर आउने महिलाले स्थायी बसोबास गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिन सकिने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकले विवाह गरी नेपालमा ७ वर्षसम्म स्थायी बसोबास गर्दै आएकी महिलालाई मात्रै नागरिकता दिन सकिने निर्णय गरेको हो ।
त्यस्तै आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति विस्तारित प्रकृतिको आउनुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । कर्जाको ब्याजदर घटाउने, कर्जाको पुर्नतालिकिकरण गर्ने र रिफाइनान्स गर्ने गरी विस्तारित प्रकृतिको मौद्रिक नीति आवस्यक रहेको उद्योगी व्यवसायीहरुले बताएका हुन् ।
गृह मन्त्रालयले शुक्रबार ‘लकडाउनलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गरेको छ । नयाँ मापदण्डमा अत्यावश्यक काम बाहेक आफू रहेको आवासबाट अन्यत्र आवतजावत नगर्न निर्देशन दिइएको छ ।
त्यस्तैगरी नेपालबाट भारत निर्यात हुने चिया, अलैंची र अम्रिसोलगायतका नेपाली वस्तु निर्यातमा भारतको पश्चिम बंगाल सरकारले अवरोध गरेको छ । नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएका छन् ।
सरकारले लकडाउन खुकुलो पारेसँगै अहिले देशभरका उद्योग संचालनमा आएका छन् । व्यवसाय तथा पसलहरु सञ्चालनमा आएपनि बजारले गति पाउन सकेको छैन । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया