एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९-८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरी सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पुँजीको १५५ का दरले छब्बीस करोड नौ लाख सोह्र हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै, उक्त सभामा प्रचलित कानुन तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट मनोनीत भई प्रतिनिधित्व गरेका दीपक ढकाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।साथै, नव निर्वाचित सञ्चालक दीपक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।
बैंकिङ्ग क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेको ढकाल एन आई सी एशिया बैंकमा प्रमुख जोखिम अधिकृतमा कार्यरत थिए र निजको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरू माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रूपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।





























प्रतिक्रिया