एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयरमा १० प्रतिशत छुट

एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयरमा १० प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

 एभरेष्ट बैंक लिमिटेड र एएसजी आई केयर हेल्थ सर्भिसबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकले एएसजी आई केयरका विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाइनेछ। 

बैंकका ग्राहक,कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तीनका परिवारका सदस्यले उक्त आँखा अस्पतालका नेपाल तथा भारतमा रहेको १४० शाखाबाट विशेष छुटको लाभ लिन सक्ने भएको हो।

पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फलोअप समेत निशुल्क हुने सम्झौतामा उल्लेख छ। बैंकको देशभर १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ वटा एटीएम छन्। विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुबिधा प्रदान गर्दै आएको छ।

Logo