काठमाडौं ।
सद्गुरु मास्टर्स अनलाईन कराँते काता च्याम्पियनसिपमा नेपालका कराँते खेलाडी एवं प्रशिक्षक रवीन्द्र मानन्धरले रजत पदक हात जितेका छन् ।
केरला कराँते संघ, भारतको आयोजनामा भएको अनलाईन कराँते काता च्याम्पियनसिपको ३५–४५ वर्ष उमेर समूहमा मानन्धरले रजत जितेका हुन् । स्पर्धामा स्पेनका जेसु काउन्सेग्राले स्वर्ण जिते । सेमिफाइनलमा भारतका खेलाडीहरुलाई पछि पार्दै फाइनल यात्रा तय गरेका मानन्धर फाइनलमा भने झिनो अन्तरले पराजित भए । मानन्धरले २४.३८ अंक प्राप्त गर्दा स्वर्ण जित्ने स्पेनी खेलाडीले २४.६४ अंक प्राप्त गरे ।
विश्व कराँते महासंघ र एशियाली कराँते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनसिपमा ३५–४५, ४५–५५, ५५–६५ र कुबुदो गरि ४ विधामा प्रतिस्पर्धा गराईएको थियो ।
नेपालबाट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन् । एक महिना देखि संचालन भईरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलंका, नेपाल, फिलिपिन्स, भियतनाम, भेनेजुएला लगायतको सहभागिता रहेको थियो । कोरोना भाइरसको महामारीको कारण विभिन्न प्रतियोगिता स्थगित भएपछि विश्व कराँते महासंघ र एशियाली कराँते महासंघको सम्बन्धनमा केरला कराँते संघले उक्त च्याम्पियनसिप आयोजना गरेको हो ।





























प्रतिक्रिया