योग र ध्यान विज्ञानमा आधारित छः गृहमन्त्री श्रेष्ठ

योग र ध्यान विज्ञानमा आधारित छः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यान कुनै खास धर्मसँग मात्र सम्बन्धित विषय नभएको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजना गरिएको ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशालामा बोल्दै गृहमन्त्री श्रेष्ठले केही धर्मले आत्मसात गरेको भएपनि गृह मन्त्रालयले योग शिविर चलाउँदा धर्मसँग नजोड्ने बताएका हुन्। 

‘योग र ध्यान कुनै धर्मसँग सम्बन्धित कुनै खास धर्मसँग मात्र सम्बन्धित विषय होइन’,श्रेष्ठले भने,‘यो साइनटिफिक फेलोमेनन हो। धर्महरुमा पनि यो हुन सक्छ। विभिन्न धर्महरुले पनि यसलाई आत्मसात गरेका छन्। तर, हामी गृह मन्त्रालयअन्तर्गत ध्यान शिविर चलाउँदा यसलाई धर्मसँग जोड्दैनौँ।’

योग शिविर धर्म मान्ने र नमान्ने दुवैको भएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यो शुद्ध विज्ञानमा आधारित रहेको बताए। विज्ञानमा आधारिक योग र शिविरलाई सञ्चालन गर्दै जाँदा जीवन विज्ञानलाई त्यस्तो संस्थाको रुपमा रोजेको बताए। 

उनले भने,‘यो शिविर हामीले त्यत्तिकै गरिदिउँन् त भनेर आयोजना गरेको होइन। गृहमन्त्रालय, नेपाल प्रहरी र सुरक्षा निकायका कर्मचारीलाई असल मान्छे बन्न सहयोग गर्ने यस शिविरको उद्देश्य हो।अनि सुशासनको अभियानलाई पनि सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ। किनभने एउटा असल कर्मचारी र एउटा असल सुरक्षाकर्मीले मात्र सहि र सहज तरिकाले कार्यसम्पादन गर्न सक्छ।’

Logo