विज्ञापन संघमा सुदिप थापा अध्यक्ष निर्वाचित, सदस्यमा आरसीलाई सर्वाधिक मत

विज्ञापन संघमा सुदिप थापा अध्यक्ष निर्वाचित, सदस्यमा आरसीलाई सर्वाधिक मत

केन्द्रबिन्दु
0
Shares

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्वाचित भएका छन्। एएनएस क्रियसनका थापा संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाल विज्ञापन संघको २४ औं वार्षिक साधारणसभाले सुदिप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। आइतबार भएको संघको साधारणसभाले थापाको नेतृत्वमा ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो। यससँगै अब बन्ने संघको नयाँ कार्यसमितिको नेतृत्व थापाले गर्नेछन् ।

संघमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीहरु निर्विरोध भएका छन् भने ७ जना सदस्य निर्वाचित भएका छन्। अध्यक्ष थापासहित  प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य र द्धितीय उपाध्यक्ष्मा प्रिज्मार्क मार्केटिङ्गका पंकज लाल प्रधान निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा फ्युचर हब मिडिया मल्टिपर्पोजका कृष्णप्रसाद घिमिरे, सचिवमा पब्लिक एडभरटाइजिङका सन्तोष खड्का र सहकोषाध्यक्षमा मिडिया टाइम्सका अरुणकाजी स्थापित निर्विरोध भए । कोषाध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठ चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा बिजनेश युनिटका रोशन रेग्मी ‘आरसी’ ले सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन्। उनले ६१ मत प्राप्त गरेका हुन्। त्यस्तै कार्यसमितिमा एड फ्याक्टरका सन्तोष सिलवाल गिरी, रेड पाण्डा एड लिंकका दिपेन्द्र पौडेल, मेक वेजका विधान राजभण्डारी, रेडियो लिंकका रोशन पौडेल, मार्सका मनिस अधिकारी, भोग एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रभात रिमाल निर्वाचित भएका छन्।

Skip This
Skip This
Logo