नेपाल निर्यात परिषद्को अध्यक्षमा नरेश लाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। निर्यात परिषद्को २६औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
परिषद्को पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष डा. रामशरण थपलिया, द्वितीय उपाध्यक्षमा हरि प्रसाद ढकाल, महासचिवमा हरि प्रसाद ढकाल, सचिवमा राजु बाँनिया, कोषाध्यक्षमा कन्हैया लाल शाह र सह–कोषाध्यक्षमा वसन्तराज अधिकारी चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा अृमतमान श्रेष्ठ, हरिशरण भेटवाल, सरस्वती सेँढाई त्रिपाठी, रामकुमार थपलिया र प्रबिन मान प्रधान चयन भएका छन्।
त्यस्तै, कार्यसमिति बैठकबाट कार्यसमिति सदस्य पदमा २ जना मनोनित हुने विधानको प्रावधान अनुसार प्रेमराज नराल र अमिर बगाले मनोनित भएका छन्।
नरेश लाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा महासंघको निर्यात समितिका सभापति पनि हुन्। यसअघि परिषद्को प्रथम उपाध्यक्ष रहेका श्रेष्ठ लामो समयदेखि निर्यात व्यवसायमा सक्रिय छन् ।































प्रतिक्रिया