नवलपरासी।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा आज भएको सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ ।
गाउँपालिकाबाट सदरमुकाम परासीतर्फ आउँदै गरेको गाउँपालिकाकै लु १ झ ३७० नम्बरको स्कार्पियो पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका–४ लक्ष्मीनगरस्थित कल्भर्टमा ठोक्किएर पुलको तल खसेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते गाउँपालिका अध्यक्ष ५२ वर्षीय शर्माको बर्दघाटस्थित चिसापानी अस्पतालमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। सोही गाडीमा सवार प्रतापपुर–५ का हरिलाल राजभर घाइते छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया