काठमाडौं ।
नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई केटो भनेको प्रति आपत्ति जनाएका छन् ।
शनिबारको एक कार्यक्रममा ओलीले उनलाई ‘केटो’ भन्दै कटाक्ष गरेपछि उनले आपत्ति जनाएका हुन् । योगेशले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै, “केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ, खुशी लाग्यो ।” भन्दै जवाफ दिएका छन् ।
उनले ओलीलाई केटा र केटीहरुको रगत, पसिना र मिहेनतको जगमा खडा भएको व्यवस्थामै कुर्सीप्राप्त गरेको यथार्थलाई नभुल्न पनि सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा शनिबार आयोजित प्रदेश नम्बर १ को सम्पर्क कमिटीको भेलामा योगेशको नाम उच्चारण नगरी आफूले मन्त्री बनाउँदा ‘लात्ति’ हानेको बताएका थिए ।

उनले लेखेका छन् ,
केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्थामै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।





























प्रतिक्रिया